Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

सरकारका दुई वर्ष उत्साहवर्द्धक हुन सकेन -प्रचण्ड


  • शुक्रबार, माघ १० २०७६

  • सरकारका दुई वर्ष उत्साहवर्द्धक हुन सकेन -प्रचण्ड

    काठमाडौं– सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारका दुई वर्ष उत्साहवर्द्धक हुन नसकेको बताएका छन्।
    आज नवलपुरमा पार्टी प्रशिक्षण कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले सरकारका कामको राम्रो प्रचार नभएको बताए। दुई वर्ष त्यतिधैरै उत्साहवर्द्धक हुन सकेन। त्यतिधेरै निराशाजनक पनि छैन। सरकार र पार्टीले गरेका राम्रा काम प्रचार गर्ने काम भएन । प्रचण्डले भने – पार्टी कमिटी क्रियाशील नभएकाले राम्रा काम स्थापित गर्ने काम हुन सकेन।
    उनले स्थानीय र प्रादेशिक सरकारको गल्ती कमजोरी सच्याउन पार्टीले प्रभावकारी भूमिका खेल्न नसकेको बताए। स्थानीय सरकारका कारण कतिपय जनगुनासो देखा परेको तर समाधान गर्न नसकिएको उनको भनाइ छ।
    अध्यक्ष प्रचण्डले भने –अब सरकारको तीन वर्ष बाँकी छ। अन्तिम वर्ष चुनावी वर्ष भएर आउँछ। दुई वर्षमा विकास निर्माण गर्ने र समाजवादको आधार निर्माण गर्ने योजना अगाडि बढाउन जरूरी छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij