काठमाडौं – सहिद स्मारक ‘ए’ डिभिजन लिगमा साविकको विजेता टोली मनाङ मर्स्याङ्दीले जित हात पारेको छ । शुक्रबार भएको खेलमा मनाङले सरस्वती युथ क्लबलाई १-० गोल अन्तरले पराजित गरेको हो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा मनाङलाई जित दिलाउन विमल रानाले एकमात्र निर्णायक गोल गरे । पहिलो हाफ गोल रहित बराबरी खेलेको मनाङका लागि खेलको ४६ औँ मिनेटमा विमलले हेडमार्फत गोल गर्दै महत्वपूर्ण तीन अंक दिलाए ।
जितसँगै मनाङले शीर्ष स्थानको आर्मी र दोस्रो स्थानको मच्छिन्द्र क्लबसँग अंक बाराबरी गरेको छ । आठ खेल खेलेको मनाङको चार जित र चार बराबरीसँगै १६ अंक छ । मनाङ तालिकाको तेस्रो स्थानमा उक्लेको छ । मनाङ प्रतियोगिताको एक मात्र अपराजित टोली हो ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
