Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

ए डिभिजन लिगः आजबाट सातौं चरणका खेल


  • शुक्रबार, माघ ३ २०७६

  • ए डिभिजन लिगः आजबाट सातौं चरणका खेल

    काठमाडौं– काठमाडौंमा जारी सहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत आजबाट सातौं चरणका खेल शुरु हुँदैछन् । लिगको सातौं चरणको खेल अन्तर्गत पहिलो दिन आज मछिन्द्र फुटबल क्लब र हिमालयन शेर्पा क्लबबीच प्रतिस्पर्धा हुनेछ । लिगमा अपराजित मछिन्द्रले १३ अंक जोडेको छ । लिगमा मछिन्द्रले ६ खेलमा ४ जित र २ बराबरी खेलेको छ ।

    शेर्पा लिगको पुछारबाट दोस्रो स्थानमा रहेको छ । १३औं स्थानको शेर्पाले ६ खेलमा २ हार र ४ बराबरीसहित ४ अंक जोडेको छ । लिगको दोस्रो दिन शनिबार दुई खेल हुनेछन ।

    शनिबार हुने पहिलो खेलमा जावलाखेल युथ क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ । लिगको ६ खेलमा ९ अंक जोडेको जावलाखेल पाँचौं स्थानमा रहेको छ । ६ खेलमा ८ अंक जोडेको पुलिस लिगको सातौं स्थानमा रहेको छ ।

    शनिबार नै हुने दास्रो खेलमा मनाङ मर्स्याङ्दी क्लब र थ्रीस्टार क्लबबीच प्रतिस्पर्धा हुनेछ । लिगमा अपराजित रहेको मनाङले ६ खेलमा १२ अंक जोडेको छ । त्यस्तै थ्री स्टारले ६ खेलमा १० अंक जोडेको छ । थ्री स्टार लिगको चौंथो स्थानमा रहेको छ ।

    त्यस्तै आइतबारको पहिलो खेलमा न्युरोड टिम एनआरटी र एपीएफ क्लबबीच खेल हुनेछ । एनआरटी ८ अंक जोडेर लिगको छैटौं स्थानमा रहेको छ भने एपीएफ ५ अंक जोडेर ११औं स्थानमा रहेको छ । आइतबारै हुने दोस्रो खेलमा फ्रेन्ड्स क्लब र सरस्वती युथ क्लबबीच खेल हुनेछ ।

    फ्रेन्ड्स ५ अंक जोडेर लिगको १२औं स्थानमा रहेको छ । सरस्वती भने १ अंक जोडेर पुछारमा रहेको छ । सातौं चरणको अन्तिम दिन सोमबार दुई खेल हुनेछ ।

    सातौं चरणको अन्तिम दिनको पहिलो खेलमा ब्रिगेड ब्वाइज क्लब र संकटा क्लब भिड्नेछन् । ब्रिगेड ७ अंक जोडेर लिगको नवौं स्थानमा रहेको छ । ८ अंक जोडेको संकटा आठौं स्थानमा रहेको छ ।

    सोही दिन हुने दोस्रो खेलमा च्यासल युथ क्लब र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुनेछ । आर्मी १३ अंक जोडेर लिगको दोस्रो स्थानमा रहेको छ । च्यासल ६ अंकसहित दशौँ स्थानमा छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij