Rastrapukar

सोमबार, असोज २६ २०८३ | Monday 12th October 2026

विप्लव समुहका पश्चिम दाङका सेक्रेटरी पाण्डे पक्राउ


  • सोमबार, पुष २८ २०७६

  • विप्लव समुहका पश्चिम दाङका सेक्रेटरी पाण्डे पक्राउ

    काठमाडौं– विप्लव समूहको एक जना जिल्ला नेता पक्राउ परेका छन् । विप्लवका जिल्ला कमिटी सदस्य तथा पश्चिम दाङका सेक्रेटरी ईश्वरी पाण्डेलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ। पाण्डेलाई सोमबार बिहान सवा ९ बजेतिर तुलसीपुर उपमहानगरपालिका वडा नं. ९ शिवपुर गहतेबाट पक्राउ गरिएको हो।
    जिल्ला प्रहरी कार्यालय दाङबाट सादा पोशाकमा खटिएका प्रहरीले पाण्डेलाई पक्राउ गरेका थिए।
    प्रहरीका अनुसार असोज महिनामा राजपुर गाउँपालिकाबाट २१ जना नेता कार्यकर्ता पक्राउ परेपछि पाण्डेले जिल्लामा विप्लवको गतिविधि सञ्चालन गर्दै आएका थिए।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij