Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

उपसभामुखद्वारा राजिनामा दिन अस्वीकार


  • शनिबार, पुष २६ २०७६

  • उपसभामुखद्वारा राजिनामा दिन अस्वीकार

    काठमाडौ । उप सभामुख शिवमाया तुम्बाहाम्फेले पदवाट राजिनामा दिन अस्वीकार गरेकि छिन । शनिवार प्रधानमन्त्री समेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ले प्रधानमन्त्री निवास वालुवाटार बोलाएर सभामुख चयन गर्न वाटो खोलिदिन राजिनामा गर्न आग्रह गरेका थिए ।

    तुम्बाहाम्फेले आफुले राजिनामा दिनु पर्ने कारण माग गरेकि थिइन । आफ्नो राजनितिक योगदान र प्राज्ञिक विज्ञताको स्मरण गराउदै उनले सभामुखको दावी पेश परेकी थिइन । उनले निर्वतमान सभामुख कृष्ण बहादुर महराको गल्तीको सजाए भोग्न आफु तयार नभएको स्पष्ट पारिन । 

    नेकपा भित्र सभामुख चयनको विषय पेचिलो बनिरहेको वेला उप सभामुख तुम्बाहाम्फेले राजिनामा दिन अस्वीकार गरेकी हुन ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij