काठमाडौं – सहिद स्मारक ए डिभिजन लिग फुटबलमा स्टार खेलाडी सन्तोष साहुखलले कीर्तिमानी १०० गोल पूरा गरेका छन् । २०६० सालमा थ्रिस्टार क्लबबाट लिग करिअर सुरु गरेका उनले १०० पूरा गरेका हुन् ।
यो सिजन च्यासलबाट खेलिरहेका उनले बुधबार नेपाल पुलिसविरुद्ध गोल गर्दै उनले उक्त कोसेढुङ्गा पूरा गरेका हुन् ।
कुन सालमा कति गोल ?
२०६० : ६ गोल (थ्री स्टार)
२०६१ : ६ गोल (एपीएफ)
२०६२ : ९ गोल (थ्री स्टार)
२०६३ : ११ गोल (थ्री स्टार)
२०६६-६७ : १९ गोल (थ्री स्टार)
२०६८ : १६ गोल (मनाङ)
२०६९ : १७ गोल (थ्री स्टार)
२०७० : ९ गोल (थ्री स्टार)
२०७५ : ३ गोल (च्यासल)
२०७६ : ४ गोल (च्यासल) खेल जारी
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
