जनकपुर- अगामि माघ ९ गते हुने राष्ट्रियसभा सदस्यका लागि प्रदेश २ बाट चार जनाका प्रतिस्पर्धा ह्दैं । यसका लागि आठजना चुनावी मैदानमा उत्रेका छन् । तिनै प्रतिस्पर्धीमध्ये हुन् मृगेन्द्रसिंह यादव र अनिरुद्रसिंह यादव ।
सहोदर दाजु–भाइ मृगेन्द्र राजपाका तर्फबाट नेकपासँग गठबन्धन गरी उम्मेदवारी दर्ता गराएका छन् भने अनिरुद्र समाजवादी पार्टीका तर्फबाट कांग्रेससँगको गठबन्धनमा ।
यसरी राजनीतिक मैदानमा उनीहरू एक–अर्का विरुद्ध उत्रेको यो पहिलो घटना भने होइन ।
दोस्रो संविधानसभा निर्वाचनताका एउटै क्षेत्रमा दुवै लडेका थिए । पहिलो संविधानसभा निर्वाचनमा तत्कालीन मधेसी जनअधिकार फोरमबाट जितेका मृगेन्द्र दोस्रो चुनावमा भाइ अनिरुद्रको सामना गर्दा पराजित भएका थिए ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
