काठमाडौं – भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहली टेस्ट ब्याटिङ बरियताको शीर्ष स्थानमा छन् । आज अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले सार्वजनिक गरेको नयाँ बरियतामा कप्तान कोहली शीर्ष स्थानमा सूचीकृत भएका हुन् ।
उनी ९ सय २८ रेटिङका साथ शीर्ष स्थानमा रहँदा अस्ट्रेलियाका पूर्वकप्तान स्टेभन स्मिथ दोस्रो स्थानमा छन् । स्मिथ ८ सय २२ रेटिङका साथ दोस्रो स्थानमा रहँदा अस्ट्रेलियाकै मार्कुुस ८ सय ५ रेटिङका साथ तेस्रो,भारतका चेतेश्वर पुजारा चौथो तथा पाकिस्तानका बाबर आजम पाँचौं स्थानमा छन् ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
