Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

अग्युरो र डी ब्रुईनाले गोल गर्दा सिटी बिजयी


  • सोमबार, पुष १४ २०७६

  • अग्युरो र डी ब्रुईनाले गोल गर्दा सिटी बिजयी

    एजेन्सी– जारी इंग्लिस प्रिमियर लिग फुटबलमा म्यान्चेष्टर सिटी विजयी भएको छ । आइतवार राति भएको खेलमा सेफिल्ड युनाईटेडलाई पराजित गर्दै सिटीले दोस्रो स्थानको लेस्टरसंगको दूरी १ अंकमा झारेको हो ।
    घरेलु मैदान इत्तेहाद रंगशालामा भएको खेलमा सिटीले सेफिल्ड युनाईटेडलाई २–० ले हराएको हो । सिटीको जितमा सर्जियो अग्युरो र केभिन डी ब्रुईनाले एक एक गोल गरे ।

    अग्युरोले ५२ औं मिनेटमा गोल गरेका थिए भने ब्रुईनीले ८२ औं मिनेटमा सिटीलाई २–० को अग्रता दिलाएका थिए ।

    जितसंगै लिगको तेस्रो स्थानको सिटीले ४१ अंक जोडेको छ । सिटी शीर्ष स्थानको लिभरपुल भन्दा १४ अंकले पछाडी छ । सिटीले दोस्रो स्थानको लेस्टरसंगको दुरी १ अंकमा झारेको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij