काठमाडौँ – प्रदेश नम्बर ३ को नाम बागमती राखिने भएको छ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० को सचिवालय बैठकले प्रदेश नम्बर ३ को नाम बागमती र राजधानी हेटौडा राख्ने निर्णय भएको हो ।
नेकपा केन्द्रको निर्णयअनुसार अब नेकपा प्रदेश नम्बर ३ ले प्रक्रिया अघि बढाउने छ । प्रदेश नम्बर ३ मा सत्तारुढ दल नेकपाको दुई तिहाइ रहेको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
