Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

क्रान्तिकारी माओवादीका नेता सीपी गजुरेल पक्राउ


  • आइतबार, पुष १३ २०७६

  • क्रान्तिकारी माओवादीका नेता सीपी गजुरेल पक्राउ

    काठमाडौँ- मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीका वरिष्ठ नेता सीपी गजुरेल पक्राउ परेका छन्। नेकपा (क्रान्तिकारी माओवादीका) नेता गजुरेल र परी थापासहित १५ जना पक्राउ परेका छन् ।

    राष्ट्रिय स्वाधीनताको आन्दोलन क्रममा ज्ञापन पत्र बुझाउने क्रममा निषेधित क्षेत्र तोड्न खोज्दा उनी पक्राउ परेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ।

    गजुरेलसहितको टोलीले उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेललाई ज्ञापनपत्र बुझाउने कार्यक्रम थियो । तर, सिंहदरबारभित्र चारजनालाई मात्र जान अनुमति दिएपछि गजुरेलसहितका नेता कार्यकर्ताले पूरै समूह नै जान पाउनुपर्ने अडान लिँदै निषेधित क्षेत्र तोड्न खोजेपछि पक्राउ गरिएको हो ।

    परिसर प्रमुख एसएसपी उत्तम सुवेदीका अनुसार गजुरेललाई हनुमानथानस्थित निषेधित क्षेत्र तोड्ने क्रममा पक्राउ गरिएको हो। गजुरेलसँगै पक्राउ परेका उक्त पार्टी अन्य नेता/कार्यकर्तालाई नेपाल पुलिस क्लबमा राखिएको छ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij