Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

वरिष्ठ नेता पौडेल भन्छन ‘ पार्टीलाई संकटमा धकेल्ने काम भयो’


  • शनिबार, पुष १२ २०७६

  • वरिष्ठ नेता पौडेल भन्छन ‘ पार्टीलाई संकटमा धकेल्ने काम भयो’

    काठमाडौ । नेपाली कांग्रेस भित्रको विवाद थप चर्किएको छ । शुक्रवार पार्टी केन्द्रीय समिति बैठक बहिष्कार गरेको वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्व कृष्ण प्रसाद सिटौला समूहले महाधिवेशन कार्यतालिका र विभाग थप्ने निर्णयको कडा विरोध गरेका छन ।
    निर्णय फिर्ता लिनु पर्ने अडानमा रहेका असन्तुष्ट पक्षले महामन्त्री डा. शसाङ्क कोइरालाको महाराजगञ्ज स्थीत निवासमा पत्रकार सम्मेलन आयोजना गरेका छन । पत्रकार सम्मेलनमा वरिष्ठ नेता पौडेलले संस्थापन पक्षले पार्टीलाई संकटमा धकेलेको आरोप लगाए ।
    पौडेलले एकलौटी ढंगवाट महाधिवेशनको मिति तोकिएको प्रति आपत्ति जनाएका छन । भातृ संस्था हरुको अधिवेशन नियतवश नगराइएको उनको आरोप छ ।
    विभागहरू थप गरिएकोमा पनि पौडेलले असहमति जनाएका छन । महासमिति बैठकको निर्णय र पटक पटक भएका सहमति संस्थापन पक्षले पालना नगरेको उनको आरोप छ । पत्रकार सम्मेलन जारी छ ।
    तस्वीर : युपी लामिछानेको वाल

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij