काठमाडौं – कतार एयरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको उपाधि दाबेदार टोलीको रुपमा रहेको च्यासल युथ क्लब न्युरोड टिम एनआरटीसँग पराजित भएको छ । दोस्रो जित निकाल्ने क्रममा एनआरटीले बुधबार च्यासल युथ क्लबलाई २–१ गोल अन्तरले पराजित गरेको हो ।
लिगको तेस्रो खेल खेलेको एनआरटीको यो दोस्रो जित हो । च्यासलको भने यो पहिलो हार हो । दशरथ रंगशालामा एनआरटीलाई जित दिलाउन जुनियर निकेनगुए र दर्शन गुरुङले एक–एक गोल गरे । उता च्यासलका लागि अमिर श्रेष्ठले एक गोल गरे ।
जितसँगै एनआरटीले लिगमा तीन खेलबाट ४ अंक जोडेको छ । पराजित च्यासलको पनि तीन खेलबाट ४ अंक छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
