काठमाडौं – सरकारबाट अलग भएको समाजवादी पार्टी नेपालले सरकालाई दिएको समर्थन फिर्ता लिएको छ। पार्टीको केन्द्रीय कार्यालयमा बुधबार बिहान बसेको बैठकपछि समर्थन फिर्ता लिएको घोषणा गरिएको हो। पार्टी संसदीय दलको कार्यालय सिंहदरबारमा आयोजना गरिएको पत्रकार सम्मेलनमा समाजवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी गराएको हो।
समाजवादीले समर्थन फिर्ता लिएसँगै सरकारले दुई तिहाइ बहमतको हैसियत गुमाएको छ। प्रतिनिधिसभामा समाजवादी पार्टीका १७ जना छन्। दुईतिहाइ पुग्न एक सय ८४ जना सांसद आवश्यक पर्छ। नेकपासँग एक सय ७४ सांसद छन्।
समाजवादी पार्टी १९ महिनाअघि सरकारमा सहभागी भएको थियो।मंगलबार मात्र पार्टीबाट सरकारमा सहभागी उपप्रधानमन्त्री तथा कानुनमन्त्री उपेन्द्र यादव, शहरी विकास मन्त्री मोहम्मद इस्तियाक राईले राजीनमा दिएका थिए।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
