Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

पुस १० देखि १४ गतेसम्म पोखरामा राष्ट्रिय टेनिस प्रतियोगिता हुने


  • मंगलबार, पुष ८ २०७६

  • पुस १० देखि १४ गतेसम्म पोखरामा राष्ट्रिय टेनिस प्रतियोगिता हुने

    कास्की – पर्यटकीय शहर पोखरामा आगामी पुस १० देखि १४ गतेसम्म ‘पोखरा ओपन तथा भेट्रान्स’ राष्ट्रिय टेनिस प्रतियोगिता हुने भएको छ । कास्की जिल्ला टेनिस सङ्घको आयोजना तथा माछापुच्छ्रे« बैंकको मुख्य प्रायोजनमा पोखरा रङ्गशालास्थित टेनिस कोर्टमा १७ औँ संस्करणको प्रतियोगिता गर्न लागिएको हो । अघिल्लो संस्करणसम्म भेट्रान्समात्रै रहँदै आएकोमा यस पटकदेखि ‘ओपन’ गरिने र प्रतियोगिताको आवश्यक सम्पूर्ण तयारी पूरा भएको सङ्घका अध्यक्ष दोर्जे लामाले आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।

    प्रतियोगितामा पुरुष व्यक्तिगत तथा डबल्स, महिला व्यक्तिगत तथा डबल्स तथा ३५, ४५, ५५ र ६५ वर्षमाथि पुरुष व्यक्तिगत र डबल्स गरी १२ इभेण्टमा प्रतिस्पर्धा हुने सङ्घले जनाएको छ । प्रतियोगिताका लागि बुटवल, काठमाडौँलगायतका जिल्ला तथा १३ औँ सागमा पुरुष टिम इभेन्टका खेलाडी तथा महिलातर्फका केही खेलाडी सहभागी हुने बताइन्छ । व्यक्तिगततर्फ ९८ तथा डबल्सतर्फ ४६ गरी १४४ खेलाडीको सहभागिता रहने लामाले जानकारी दिए ।

    खुला व्यक्तिगततर्फ महिला तथा पुरुषको विजेताले रु ५० हजार, उपविजेताले रु २५ हजार तथा सेमिफाइनल प्रवेश गर्नेले रु १०÷१० हजार पुरस्कार प्राप्त गर्नेछन् । त्यसैगरी महिला पुरुष डबल्सतर्फ विजेताले रु २० हजार, उपविजेताले रु १० हजार तथा सेमिफाइन लिष्टले रु पाँच/पाँच हजारसहित ट्रफी पुरस्कार प्राप्त गर्नेछन् । ३५ वर्षमाथिको एकल विजेताले रु ५० हजार तथा उपविजेताले रु २५ हजारसहित ट्रफी पुरस्कार प्राप्त गर्नेछन् भने ३५ वर्षमाथिको डबल्स विजेता खेलाडीले रु १५ हजार तथा उपविजेता खेलाडीले रु आठ हजारसहित ट्रफी पुरस्कार प्राप्त गर्ने प्रतियोगिता संयोजक कुमार अधिकारीले जानकारी दिए ।

    त्यसैगरी ४५ वर्षमाथि एकल विजेताले रु २० हजार तथा उपविजेताले रु १० हजारसहित ट्रफी पुरस्कार प्राप्त गर्नेछन् । सोही उमेर समूहमा डबल्स विजेताले रु १५ हजार र उपविजेताले रु आठ हजार प्राप्त गर्ने बताइन्छ । ५५ वर्ष माथिको एकलतर्फ विजेतालाई रु २० हजार तथा उपविजेतालाई रु १० हजार र ट्रफी पाउने छन् । त्यसैगरी ६५ वर्षमाथिको एकलतर्फ विजेता र उपविजेतालाई ट्रफीद्वारा पुरस्कृत गरिने सङ्घले जनाएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij