Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

ए डिभिजन लिगमा आर्मीको सुखद सुरुवात


  • सोमबार, मंसिर ३० २०७६

  • ए डिभिजन लिगमा आर्मीको सुखद सुरुवात

    काठमाडौं – विभागीय टोली त्रिभुवन आर्मी क्लबले शहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा सुखद सुरुवात गरेको छ । एन्फा कम्प्लेक्स मैदान सातदोवाटोमा सोमबार भएको खेलमा आर्मीले फ्रेन्ड्स क्लबलाई २–१ गोलले हरायो ।

    आर्मीको जितमा नवयुग श्रेष्ठले खेल सुरु भएको तेस्रो मिनेटमै खाता खोले । दिनेश हेम्जनले ८१औं मिनेटमा निर्णायक गोल गरेका थिए । फ्रेन्ड्सका लागि शक्ति राईले ५०औं मिनेटमा गोल फर्काएका थिए । लिगमा पहिलो जितसँगै आर्मीले तीन अंक बनाएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij