Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

सोमबार कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्ने


  • आइतबार, मंसिर २९ २०७६

  • सोमबार कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्ने

    काठमाडौं-  प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सोमबार केन्द्रीय कार्यसमिति बैठक डाकेको छ।
    आइतबार केहीबेर बसेर स्थगित बैठक सोमबार दिउँसो १ बजे बस्ने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
    बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका नेताहरूले छलफलको एजेन्डा १४ औं महाधिवेशनको कार्यतालिकाबारे हुनुपर्ने अडान राखेर बैठक बहिष्कार गरेका थिए।
    सभापति शेरबहादुर देउवाले विभाग थप गरी गठन गर्नेलगायत ९ एजेन्डा गत बिहीबार बैठकमा पेश गरेका छन्। उक्त एजेन्डामा छलफल गर्न आइतबार केन्द्रीय कार्यसमिति बैठक डाकेपनि दुई घण्टा ढिला सुरू बैठक केहीबेरमै टुंगिएको हो।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij