Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा संसद्का दुवै सदनको अधिवेशन आह्वान


  • मंगलबार, मंसिर २४ २०७६

  • राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा संसद्का दुवै सदनको अधिवेशन आह्वान

    काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद्को दुवै सदनको हिउँदे अधिवेशन आह्वान गरेकी छिन् । राष्ट्रपतिले आगामी पुस ४ गते शुक्रबार अपराह्न ४ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँवानेश्वर काठमाडौँमा अधिवेशन आह्वान गरेकी हुन् ।

    नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम राष्ट्रपतिबाट संसद्को दुवै सदनको अधिवेशन आह्वान भएको राष्ट्रपति कार्यालयका प्रवक्ता हरिप्रसाद दाहालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । यो अधिवेशनलाई विधेयक अधिवेशनका रूपमा समेत लिइन्छ । अधिवेशनले रिक्त सभामुखको समेत चयन गर्नेछ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij