काठमाडौं – सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कर्णाली प्रदेश सचिव मायाप्रसाद शर्माले पदबाट दिएको राजीनामा नेकपाले अस्वीकृत गरेको छ।
सोमबार अध्यक्ष पुष्पकमल दाहालको अध्यक्षतामा बसेको सचिवालय बैठकले शर्माले दिएको राजीनामा अस्वीकृत गर्ने र उनलाई काममा फर्कन निर्देशन दिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।
पार्टीले दिएको जिम्मेवारीप्रति असन्तुष्टि जनाउँदै शर्माले गत असोजमा राजीनामा दिएका थिए।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
