काठमाडौं – प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सहमहामन्त्री एंव पूर्वमन्त्री डा.प्रकाशशरण महतले नेकपाका अध्यक्ष केपी शर्मा ओलीले सरकारको नेतृत्व सम्हालेदेखि नेपाली जनताले असुरक्षित महसुस गरिरहेको बताए ।
मंगलबार काठमाडौंको हात्तिगौंडामा नेपाली कांग्रेसका स्वर्गीय नेता चक्रबहादुर केसीको शोक सभालाई सम्बोधन गर्दै सहमहामन्त्री महतले बाँकेको कोहलपुरमा आइतबार भएको प्रहरी ज्यादतीको पनि बिरोध गरे । स्कुलले बालिकाको खुट्टा किच्ने ट्रक चालकलाई समात्न छोडेर प्रहरीले विद्यालय हाताभित्र प्रवेश गरेर विद्यार्थी र शिक्षकमाथि लाठीचार्ज गरेर निन्दनीय काम गरेको महतको भनाइ थियो ।
राणा, पञ्चायत र राजालाई कांग्रेसले हटाए पनि अझै अधिकारका लागि संघर्ष जारी भएको उनले बताए ।
सहमहामन्त्री महतले नेपाली जनतालाई अधिकार सम्पन्न बनाउन केसीले गरेको संघर्षको स्मरण पनि गरेका थिए ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
