Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

धरानका नवनिर्वाचित मेयर तिलक राईले सम्हाले कार्यभार


  • बुधबार, मंसिर १८ २०७६

  • धरानका नवनिर्वाचित मेयर तिलक राईले सम्हाले कार्यभार

    धरान – धरान उपमहानगरपालिकाका नवनिवार्चित मेयर तिलक राईले बुधबार पदभार ग्रहण गरेका छन् ।
    उनले पदभार ग्रहणअघि धरान १६ स्थित गणेशमान सिंहको शालिकमा माल्यार्पण गरेका थिए भने धरान १९ स्थित हरियाली सामुदायिक वन समूह हाताभित्र रहेको स्वर्गीय मेयर तारा सुब्बाको शालिकमा पनि माल्यार्पण गरेका थिए ।

    मंसिर १४ गते सम्पन्न उपनिर्वाचनमा मेयरमा कांग्रेसका उम्मेदवार तिलक राई विजयी भएका थिए । उनले नेकपाका प्रकाश राईलाई २ हजार ७ सय ९५ मतान्तरले पराजित गर्दै कम्युनिष्टको विरासत तोडेका थिए ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij