काठमाडौं – काठमाडौंमा जारी १३औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपालले अहिलेसम्म २५ स्वर्ण जितेको छ ।
नेपालले अहिलेसम्म करातेबाट १०, तेक्वान्दोबाट ९ , उसुबाट ३ स्वर्ण, ट्रायथलनबाट २ स्वर्ण र एथ्लेटिक्सबाट १ स्वर्ण जितिसकेको छ।
आज विभिन्न १६ खेलमा प्रतिस्पर्धा हुँदैछ । बुधबार काठमाडौँ र पोखरामा गरी एथलेटिक्स, ब्याडमिन्टन, क्रिकेट, साइक्लिङ, फुटबल, गल्फ, कराते, खो–खो, सुटिङ, टेबलटेनिस, तेक्वान्दो, ट्रायथलन, टेनिस, कबड्डी, ह्यान्डबल र उशुको प्रतिस्पर्धा हुनेछ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
