Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

नेपाली मार्सल आर्टको सानदार पुर्नआगमन


  • मंगलबार, मंसिर १७ २०७६

  • नेपाली मार्सल आर्टको सानदार पुर्नआगमन

    काठमाडौं – कुनै बेला नेपाल, मार्सल आर्ट खेलहरुमा अब्बल मानिन्थ्यो । दक्षिण एसियामा त नेपालको दबदबा नै थियो । सन् १९९९ मा काठमाडौंमा भएको साफ गेममा कराते र तेक्वान्दोका अधिकांश पदक नेपाली खेलाडीले जितेका थिए ।

    त्यति मात्र होइन नेपालको मार्सल आर्टको यात्रा एसियन र ओलम्पिक सम्म पुगेको छ । नेपालले एसियन गेमबाट एक रजतसहित थुर्पै कास्य पदक जितेको छ । बंैकक एसियाडमा सविता राजभण्डारीले तेक्वान्दोमा जितेको रजत मुलुकै लागि अहिलेसम्मकै ठुलो पदक हो । दक्षिण कोरियाको राजधानी सोलमा भएको ओलम्पिकमा तेक्वान्दोकै विधान लामाले प्रर्दशन खेल तर्फ कास्य पदक जितेका थिए । अहिलेसम्म नेपालले जितेको ओलम्पिकमा त्यो मात्रै एक पदक हो । ओलम्पिकमा संगिना बैद्यले तेक्वान्दो तर्फ वाइल्ड पाएर सहभागीता जनाएकी थिइन ।

    खेलकुदको अन्तराष्ट्रिय मञ्चहरुमा नेपालले मार्सल आर्टकै खेल मार्फत आफुलाई चिनाउँदै आएपनि दशक यता नेपालको मार्सल आर्ट खेल फितलो र कमजोर हुँदै गएको थियो । काठमाडौंमा जारी १३ औं साग गेममा नेपालले मार्फल आर्ट तर्फ निकालेको नतिजाले सानदार पुर्नआगमनको प्रष्ट संकेत गरेको छ । चार वटा साग गेममा लगातार स्वर्ण जितेर दिपक विष्टले किर्तीमान बनाएपछि नेपाली मार्सल आर्ट खेलले गतिलो नतिजा दिन सकेको थिएन ।
    जारी सागमा कराते तर्फ १० स्वर्ण, तेक्वान्दो तर्फ ८ स्वर्ण र उसु तर्फ २ स्वर्ण जितेर नेपालले मार्सल आर्टमा आफ्नो बलियो उपस्थिती जनाएको छ ।


    खेलाडीहरुलाई दिने सेवा सुविधामा कटौती, राम्रा खेलाडी र प्रशिक्षकहरुको विदेश पलायन र बैदेशिक प्रशिक्षणको अभावबाट नेपाली मार्सल आर्ट खेल ओरालो लागेको थियो । खेल क्षेत्रमा हुने नीतिगत विवाद र किचलोले पनि नेपाली मार्सल आर्टलाई ओरालो लागेको हो । तमाम कमजोरीका बाबजुत नेपाली खेलाडीले १३ औं सार्कमा निकालेको नतिजा सामान्य छैन् । खेलाडीहरुको अथक परिश्रम र अदम्य साहसका कारण आज खेलाडीहरुले राष्ट्रको नाम राख्न सफल भएका छन् ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij