Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

२० स्वर्ण सहित नेपालको सानदार प्रदर्शन


  • मंगलबार, मंसिर १७ २०७६

  • २० स्वर्ण सहित नेपालको सानदार प्रदर्शन

    काठमाडौ । तेह्रौ‌ं दक्षिण एसियाली खेलकुद (साग)मा नेपालले २० स्वर्ण जितेको छ । अधिकांश स्वर्ण तेक्वान्दो र कराँतेमा स्वर्ण जितेको हो । सोमबार नेपालले कराते र तेक्वान्दो तर्फ समान ७ – ७ र ट्रायलथनमा १ गरि १५ स्वर्ण जितेको थियो ।
    मंगलबार नेपालले उसु तर्फ २ स्वर्ण थपेको छ। नेपालले उसुको थाउलोअन्तर्गत पुरुष र महिला छानछ्वानमामा स्वर्ण जितेको हो । महिलामा सुस्मिता तामाङले स्वर्ण जितिन् भने पुरुषमा विजय सिञ्जालीले थाउलोतर्फ छानछ्वानमा स्वर्ण जितेका हुन् ।
    त्यस्तै नेपालले मंगलबार कराँ‍तेमा स्वर्ण थप गरेको छ । नबिन रसाइलीले कराँतेको ६७ केजी तौल समूहमा स्वर्ण जितेका हुन् । उता पोखरामा दुआथलनमा हिमाल टमाटाले स्वर्ण जितेका छन् । त्यस्तै नेपालले महिला म्याराथनमा पनि स्वर्ण जितेको छ । सन्तोषी श्रेष्ठले महिला १० हजार मिटर दौडमा स्वर्ण जितेकी छिन् ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij