Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

आज १३ औ सागको भव्य उदघाटन


  • शनिबार, मंसिर १४ २०७६

  • आज १३ औ सागको भव्य उदघाटन

    काठमाडौ । आज साँझ १३औ दक्षिण एसियाली खेलकुद (साग ) को भव्य उद्घाटन हुदैछ । राष्ट्रपति विद्यादेवी भण्डारीले एक भव्य समारोह विच १३ औ सागको उद्घाटन गर्दै छिन । उद्घाटन समारोहलाई भन्य बनाउन धेरै मेहनत र परिश्रम गरिएको छ । कूल १८ खेल मा खेलाडीहरुले प्रतिस्पर्धा गर्नेछन । नेपालले सबै खेलमा सहभागीता जनाउने भएको छ । सात राष्ट्रको सहभागीता रहने सागमा भाग लिनको लागी अधिकांश खेलाडी र प्रशिक्षक काठमाडौ आइसकेका छन । खेल काठमाडौ, पोखरा र जनकपुरमा खेलाइने छ । ३ हजार बढी खेलाडीले भाग लिने साग दक्षिण एसियाको सबै भन्दा ठूलो खेल मदत्वसव हो । नेपालले ५० स्वर्ण जित्ने लक्ष्य लिएको छ । उद्घाटन समारोहमा सांस्कृतिक कार्यक्रम सहित खेलाडी र सुरक्षा निकायले मार्चपास गर्ने छन । उद्घाटन समारोह तिन घण्टा चल्ने छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij