Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

कम्युनिस्ट हारे भने लुटतन्त्र र त्रासबाट मुक्ति मिल्छ- देउवा


  • सोमबार, मंसिर ९ २०७६

  • कम्युनिस्ट हारे भने लुटतन्त्र र त्रासबाट मुक्ति मिल्छ-  देउवा

    दाङ – प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति एंव पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आशन्न उपनिर्वाचनमा सत्तारुढ नेकपा पराजित भए जनतालाई लुटतन्त्रबाट मुक्ति मिल्ने बताएका छन् ।
    सोमबार दाङको श्रीगाँउमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै सभापति देउवाले आशन्न उपनिर्वाचनको जित-हारले सरकार बनाउने र ढाल्ने नभए पनि कांग्रेसले जिते सरकारको चेत खुल्ने बताए ।
    “मैले भनिसके यो चेतावनी हुन्छ, यसले सरकार बदलिने, बनाउने होइन । तर, कम्युनिस्ट हारे भने लुटतन्त्र र त्रासबाट मुक्ति मिल्छ,” उनले भने । सभापति देउवाले कांग्रेसले जितेमात्रै दाङमा विकास हुने स्पष्ट पारे ।
    “हाम्रो पार्टीले जितमात्रै दाङको विकास हुन्छ । नेपाली कांग्रेसलाई भोट हाल्नुस् । अझै रोजगार सिर्जना हुन्छ,” देउवाले भने । उनले प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रवादी नेता नभएको दोहो¥याए । सभापति देउवाले सत्तारुढ नेकपाले जनजाति, आदिवासीको नाममा भोटको राजनीतिक गरिरहेको पनि आरोप लगाए ।
    “ओली राष्ट्रवादी हुँदै होइनन् । राष्ट्रवादको नाममा जनताबाट भोट लिए । जनजातिको नाममा भोट लिए,” देउवाले भने, “तर उनीहरुलाई कुनै अधिकार नै दिएको छैन ।” सभापति देउवाले आदिवासी, जनजाति, सिमान्तकृत, महिला मुस्लिम सबैलाई अधिकार दिएर कांग्रेसलाई सबैको पार्टी बनाएको बताए।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij