पोखरा – प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सरकारले नेपालको नक्सा छाप्न नसके आफ्नो पार्टीले छाप्ने बताएका छन् ।
पोखरामा सोमबार सञ्चारकर्मीसँग कुराकानी गर्दै शर्माले ‘नेपालको नक्सा सरकारले ३ दिनभित्रमा जारी गरोस्, कालापानी, लिपुलेक, लिम्पियाधुरासहितको नक्सा छपाईमा केही समस्या छ भने सरकारले भनोस्,’ उनले भने, ‘सरकारले ३ दिनमा नक्सा जारी गर्न सक्दैन भने, प्रतिपक्षलाई अपिल गरोस्, नक्सा जारी हामी गछौं ।’ देशको सीमा मिचिरहँदा सरकारले गम्भिरतापूर्वक ध्यान दिनुपर्ने पनि उनले औल्याए । कालपानी मार्च गर्न पठाएका युवा अहिलेको सरकारको मन्त्री भएको उनले बताए ।
देश, विदेशम रहेका नेपालीले हाम्रो भूमि किन हाम्रो हुन सकेन भनेर प्रश्न उठाइरहँदा सरकार र पार्टीहरु यसको पक्षमा किन उत्रिन नसकेको भन्दै उनले प्रश्न गरे ।
यो बेला सभापति शेरबाहादुर देउवासँग उत्तर खोज्नुभन्दा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग जवाफ माग्न समेत उनले आग्रह गरेका छन् ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
