Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

भाषणमा भन्दा काममा विश्वास गर्छु – धर्मराज गुरुङ


  • आइतबार, मंसिर ८ २०७६

  • भाषणमा भन्दा काममा विश्वास गर्छु  – धर्मराज गुरुङ

    पोखरा – समाजवादी पार्टीका उम्मेद्वार धर्मराज गुरुङले आफूले हासिल गरेको योग्यता उपयोग गर्नका लागि आफूलाई मतदान गर्न अपिल गरेका छन् ।
    आइतबार समाजवादीले पोखरामा आयोजना गरेको चुनावी सभामा बोल्दै गुरुङले भाषणमा भन्दा काममा विश्वास गर्ने दाबी गरे । समाजवादीले पोखराको पृथ्वीचोकामा चुनावीसभा गरेको छ । सभालाई सम्बोधन गर्न पूर्व प्रधानमन्त्री तथा समाजवादी अध्यक्ष बाबुराम भट्टराई, नवनिर्वाचित कानुनमन्त्री उपेन्द्र यादव पोखरामा छन् । समाजवादीले मानवअधिकार चोकबाट विशाल ¥याली निकालेको थियो ।
    देशमा काम गर्ने भन्दा भाषण गर्ने धेरै भए भन्दै चिन्ता समेत व्यक्त गरे । ‘मैले २४ वर्ष ब्रिटिशमा काम गरे, १५ वर्षमा युएनमा बसे । उहाँहरुको विकास हेरे,’ उनले भने, ‘त्यहाँ गरेको अब दुख सिकेको सिप यहाँ लगाउन चाहन्छु । मैले हासिल गरेका योग्यता उपयोग गर्न मलाई भोट दिनुहुन्छ भन्ने विश्वास ।’
    बेलायत र संयुक्त राष्ट्रसंघमा काम गर्दा सिस्टममा बसेर काम गरेको र आफ्नो देशमा त्यो सिस्टम नहुँदा दुःख लागेको उनले बताए । र, यो सब सिस्टमा बसाउनका लागि सबैलाई समान कानुन हुनुपर्ने उनले धारणा राखे । भाग्यवश, आफ्नो पार्टीका अध्यक्ष उपेन्द्र यादव उपप्रधानमन्त्रीबाट कानुनमन्त्री भएको भन्दै खुसी व्यक्त गरे ।
    देश विकास गर्नका लागि सबैभन्दा पहलिे सोचाइ बदल्नु जरुरी रहेको उनले भनाई राखे । एउटालाई एकथोक अर्कोलाई अर्को भिन्दै कानुनले देश विकास हुन न सक्ने उनले तर्क राखे । ‘सबै कुरा नेताले गर्ने होइन,’ उनले भने, ‘जनताले गर्ने हो । तर, कानुन समान हुनुपर्छ ।’

    चुनाव जितेर गएपछि आफ्नो क्षेत्रका पिछडिएका वडा विकास गर्ने उनले बताए । त्यसका लागि सो क्षेत्रका जनतासँग संवाद गरेर संसदमा पेश गर्ने उनले आश्वासन दिए । पोखरा बसपार्क र फेवाताल किनारमा रहेका सुकुम्बासी समस्याको प्रसंग उप्काउँदै गुरुङले यो समस्या तत्काल अन्त गर्नुपर्ने भनाई राखे । ‘पोखरा भ्यालीमा सुकुम्बासी बढी छन् । उहाँहरुलाई भोट ब्याङ्क नबनाएर राष्ट्र निर्माणमा लगाउनुपर्छ,’ उनले भने । जस्तो चलि रहेको छ त्यस्तै चलाउने भनेर देश बिग्रिएको उनको भनाई छ ।

    आफू भूपु भएकाले पनि भूपुहरुको समस्यालाई सम्बोधन गर्ने उनले भनाई राखे । ‘उहाँहरुको थुप्रै समस्या छ । मैले पनि त्यो समस्या बुझेको छु, त्यसको लागि सहकार्य गरेर देश बनाउने सपना छ,’ उनले भने, ‘त्यसको लागि धर्मराजलाई जिताउन । हात चिह्नमा भोट हालेर जिताउनुस् । त्यसको बादमा काम गर्न नसके भन्नुपर्यो । तपाईंहरुको भोट चाहिन्छ मलाई ।’

    पुरानो कृषि प्रणालीले गर्दा उब्जनी धेरै हुन नसकेको सुनाउँदै गुरुङले आधुनिक कृषि प्रणालीको लागि पहल गर्ने बताएका छन् ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij