Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

बलात्कार आरोपी अखिल नेता इन्द्रहाङ राई पुर्पक्षका लागि जेल चलान


  • शुक्रबार, मंसिर ६ २०७६

  • बलात्कार आरोपी अखिल नेता इन्द्रहाङ राई पुर्पक्षका लागि जेल चलान

    काठमाडौं बलात्कारको अभियोग लागेका अनेरास्ववियुका केन्द्रीय सदस्य तथा आरआर क्यम्पसका स्ववियु सहसचिव इन्द्रहाङ राईलाई जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाएको छ।
    उक्त मुद्दामा राईको बयान र थुनछेक बहसपछि बिहीबार जिल्ला अदालत काठमाडैका न्यायाधीश वनोदकुमार पोखरेलको इजलासले उनलाई थुनामा पठाएको हो।
    उनलाई बलात्कार गरेको भन्दै सात देखि १० वर्गसम्म कैद सजाय गर्नुपर्ने माग सरकारी वकिल कार्यालय काठमाडौंले गरेको छ।
    राईले कात्तिकमा एक युवतीलाई भैली खेल्न जाने भन्दै बोलाएर बलात्कार गरेको अनुसन्धानबाट खुलेको थियो।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij