Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

हतियारसहित पक्राउ परेका तरुण दलका नगर सभापति पुर्पक्षका लागि कारागार चलान


  • मंगलबार, मंसिर ३ २०७६

  • हतियारसहित पक्राउ परेका तरुण दलका नगर सभापति पुर्पक्षका लागि कारागार चलान

    काठमाडौं- हतियारसहित पक्राउ परेका तरुण दल नेपालगञ्जका नगर सभापति सन्दीपजङ्ग शाह पुर्पक्षका लागि कारागार चलान भएका छन्।
    सोमबार जिल्ला अदालत बाँकले शाहलाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको हो ।
    शाहसँगै पक्राउ परेका अन्य तीन जनालाई भने एक लाख ५० हजार रुपैयाँ धरौटी माग गरिएको छ।
    सरकारी वकिल कार्यालयले गत शुक्रबार नगर सभापति शाहसहित चार जनालाई हातहतियार तथा खरखजना मुद्दामा पाँच वर्ष सजाय माग गर्दै जिल्ला अदालतमा मुद्दा दर्ता गरेको थियो।
    उनीहरुविरुद्धको मुद्दामा थुनछेक बहस सकिएपछि सोमबार अदालतले शाहलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो।
    शाहसहित पक्राउ परेका माधव नेपाली, प्रितम थापा र यामबहादुर बुढामगरलाई भने धरौटीमा रिहा गर्न आदेश दिएको छ।
    ग कात्तिक १४ गते राति साढे ८स्०० बजे बाँकेको जानकी गाउँपालिका–६ गनापुरमा रहेको नमस्ते भिलेज रिसोर्टबाट अमेरिकन आधुनिक पेस्तोल र गोलीसहित तरुण दलका नगर सभापति शाहलाई प्रहरीले पक्राउ गरेको थियो।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij