Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

नेपाली महिला भलिबल टिमलाई ऐतिहासिक अन्तर्राष्ट्रिय उपाधि


  • बिहिबार, कार्तिक २८ २०७६

  • नेपाली महिला भलिबल टिमलाई ऐतिहासिक अन्तर्राष्ट्रिय  उपाधि

    काठमाडौं- नेपाली महिला भलिबल टिमले ऐतिहासिक उपाधि जितेको छ। बंगलादेशको राजधानी ढाकामा भएको प्रथम एशियन सेन्ट्रल जोन महिला भलिबल च्याम्पियनसिपको उपाधि जितेर नेपालले पहिलो पटक अन्तर्राष्ट्रिय उपाधि जितेको हो। नेपालले बिहीबार भएको उपाधि भिडन्तमा माल्दिभ्समाथि ३–० सेटको जित हात पारेको हो।
    नेपालले पहिलो सेट २५-१३, दोस्रो सेट २५-१२ र तेस्रो सेट २५–८ ले जित्यो।
    उपाधि जित्ने क्रममा नेपालले समूह चरण र फाइनलमा गरी कुनै पनि सेट गुमाए। समूह चरणमा अपराजित रहने क्रममा नेपालले आयोजक बंगलादेश, माल्दिभ्स, अफगानिस्तान र किर्गिस्तानलाई पनि सहज रुपमा पराजित गरेको थियो।
    नेपाली महिला भलिबल टिम सन् १९९९ मा पहिलो पटक अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी भएको थियो। नेपालले सन् २००६, २०१० र २०१६ को साग पनि कास्य पदक हात पारेको थियो।
    ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij