Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

इबार रियालसंग ४ गोलले पराजित


  • आइतबार, कार्तिक २४ २०७६

  • इबार रियालसंग ४ गोलले पराजित

    एजेन्सी – करिम बेन्जेमाको दुई गोल सहयोगमा रियल म्याड्रिडले स्पेनिस ला लिगामा इबारमाथि प्रभावशाली जित निकालेको छ । शनिबार राति भएको खेलमा रियालले इबारलाई उसकै मैदानमा ४–० गोलले हरायो ।

    रियालको सानदार जितमा बेन्जेमाले दुई तथा कप्तान सर्जियो रामोश र फेडरिको भालभेर्डेले एक–एक गोल गरे । रियलले खेलको २९ मिनेटभित्र १२ मिनेटको अन्तरमा तीन गोल गरेको थियो ।

    १७ औँ मिनेटमा भालभेर्डेको पासमा बेन्जेमाले गोल गर्दै रियाललाई अग्रता दिलाए । २०औँ मिनेटमा कप्तान रामोसले पेनाल्टीमा गोल गर्दै अग्रता दोब्बर बनाए । २९औँ मिनेटमा रियलले अर्को पेनाल्टी पायो जसलाई बेन्जेमाले गोलमा परिणत गर्दै रियललाई पहिलो हाफमै ३–० गोलको अग्रता दिलाए ।

    ६१औँ मिनेटमा लुका मोड्रिचको पासमा भालभेर्डेले गोल गर्दै रियललाई फराकिलो जित दिलाएका थिए ।

    यस जितसँगै दोस्रो स्थानमा रहेको रियाल १२ खेलबाट २५ अंक बनाएको छ । शीर्ष स्थानमा रहेको बार्सिलोनाको पनि २५ अंक छ तर गोल अन्तरका आधारमा रियल दोस्रो स्थानमा सिमित बनेको हो । १५ अंक बनाएको इबर १५ औँ नै स्थानमा छ । ला लिगाका अन्य खेलमा भ्यालेन्सियाले ग्रानाडालाई २–० र डिर्पोटिभो अलाभेसले रियल भालाडोलिडलाई ३–० गोलले हराएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij