रौतहट – नेपाली कांग्रेसका नेता तथा सांसद मोहम्मद अफताव आलमको मंगलबारको बयान कार्य सकिएको छ । जिल्ला न्यायाधीश दीपक ढकालको इजलासमा आलमको छोटो मात्र बयान भयो ।
बयानका लागि बिहान १०ः३० बजे नै अदालत पुर्याइएका आलमको बयान ३ ः १५ बजे शुरु भएको थियो । आलमलाई १ ः १५ बजे जिल्ला न्यायाधीश ढकालको इजलासमा लगेपछि उनका पक्षका कानून व्यवसायीले मुद्दाको मिसिलको नक्कल प्रति आफूहरुले नपाएको भने पछि शुरु हुन लागेको बयान केही बेर रोकिएको थियो ।
आलम पक्षका कानून व्यवसायीले मुद्दाको मिसिलको नक्कल प्राप्त गरेपछि मात्रै आलमको बयान शुरु भएको थियो ।
आलमसँग न्यायाधीश ढकालले ९ वटा प्रश्न गरेका थिए । आलमको परिचय तथा कानून व्यवसायी राखे नराखेकोसम्बन्धी प्रश्नहरु मात्रै गर्दा अदालतको समय समाप्त भएकोले बाँकी बयान बुधबार हुने छ ।
मान्छेलाई जिउँदै इँटाभट्टामा हालेर जलाएको आरोपमा आलमलाई जन्मकैदको माग दाबी सहित रौतहट जिल्ला अदालतमा सोमबार मुद्दा दर्ता भएको थियो ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
