Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

नेपाली महिला भलिबल टोली घोषणा


  • मंगलबार, कार्तिक १९ २०७६

  • नेपाली महिला भलिबल टोली घोषणा

    काठमाडौं – बंगलादेशमा हुने प्रथम एभीसी सेन्ट्रल जोन महिला भलिबल च्याम्पियनसिपका लागि नेपाली टोलीको घोषणा भएको छ ।
    नेपाल भलिबल संघले थाइल्यान्ड भ्रमणमा फर्किएको भोलिपल्टै आज अरुणा शाहीको कप्तानीमा १२ सदस्यीय नेपाली टोलीको घोषणा गरेको हो ।
    टोलीमा कप्तान अरुणासँगै सरस्वती चौधरी, प्रतिभा माली, निरुता ठगुन्ना, अरुणा शाही, जानकी भण्डारी, सोफिया पुन, उषा विष्ट, सुनिता खड्का, कमला पुन, रेश्मा भण्डारी, पुनम चन्द र सलिना श्रेष्ठ छन् ।
    १२ सदस्यीय नेपाली टोलीे बिहीबार बंगलादेश प्रस्थान गर्नेछ । सेन्ट्रल जोन भलिबल शुक्रबार सुरु हुँदैछ । सेन्ट्रलजोन भलिबलपछि नेपालले घरेलु मैदानमा साग खेल्नेछ ।
    भलिबल संघले मंसिरमा घरेलु मैदानमा हुने १३ औं दक्षिण एसियाली खेलकुद (सा)को लागि भने टोली फेरबदल हुनसक्ने बताएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij