काठमाडौं – प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अहिलेको सरकार कम्युनिष्ट सरकार हो, तर कम्युनिष्ट देश नभएको बताए ।
प्रजातन्त्र सेनानी नेपाली कांग्रेसका नेता स्वर्गीय गोवर्द्धन शर्मा पोखरेलको आत्मवृतान्त ‘मेरो जीवन यात्रा’ पुस्तकको दमौलीमा लोकार्पण गर्दै उनले प्रतिपक्ष वैकल्पिक सरकार भएकाले सरकारले प्रतिपक्षलाई साथमा लिएर काम गर्नुपर्नेमा जोड दिएका छन् ।
उनले भने, ‘सबैलाई साथमा लिएर सरकार अगाडि बढ्नुपर्छ। कम्युनिष्ट सरकारले राम्रो काम गरोस्।’
दुई तिहाइको सरकार देशलाई नै कम्युनिष्ट बनाउने बाटोतर्फ अग्रसर भइरहेको भन्दै सभापति देउवाले त्यस्तो कार्य कांग्रेसलाई मान्य नहुने बताए। साथै सरकारले प्रतिपक्षसँग मिलेर काम गर्नुपर्ने बताएका छन्।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
