च्याम्पियन्स लिगमा फुटबलमा फराकिलो जित हात पारेको छ । मंगलबार राति भएको खेलमा सिटीले इटालीको एटलान्टालाई ५–१ गोल पराजित गरेको हो । घरेलु मैदानमा सिटीलाई जित दिलाउन स्टर्लिङले ह्याट्रिक गरे त्यस्तै सर्जियो अग्युरोले दुई गोल गरे ।
खेलमा सरुआती अग्रता भने एटलान्टाले लिएको थियो । एटलान्टाका लागि लुसालिना मरिनो भिस्केले खेलको २८ औँ मिनेटमा गोल गरेका थिए । त्यसपछि खेलको ३४ औँ मिनेटमा अग्युरोले सिटीका लागि बराबरी गोल फर्काए । अग्युरोले नै खेलको ३८ औँ मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै सिटीको अग्रतालाई २–१ पुगाए ।
ad ad ad
खेलको ५८ औँ मिनेटमा स्टर्लिङले सिटीका लागि तेस्रो गोल गरे । खेलको ६४ औँ मिनेटमा स्टर्लिङले व्यक्तिगत दोस्रो गोल गर्दै सिटीको अग्रता ४–१ मा पुगाए । खेलको ६९ औँ मिनेटमा स्टर्लिङले ह्यट्रिक पूरा गरे । खेलको ८२ औँ मिनेटमा सिटी १० खेलाडीमा सीमित भएको थियो ।
जितसँगै समूह ‘सी’को सिटीले तीन खेलबाट ९ अंक जोडेको छ । पराजित एटलान्टा अंकविहीन हुँदै तालिकाको पुछारमा रह्यो ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
