Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

अदालतले दियो सांसद आलमलाई थप ५ दिन थुनामा राख्न अनुमति


  • आइतबार, कार्तिक ३ २०७६

  • अदालतले दियो  सांसद आलमलाई थप ५ दिन थुनामा राख्न अनुमति

    रौतहट – रौतहट बम विस्फोटका घाइतेको हत्या आरोपमा पक्राउ परेका सांसद मोहम्मद अफताव आलममाथि अनुसन्धान गर्न प्रहरीले थप ५ दिनको म्याद पाएको छ ।
    पहिलो पटक थप गरिएको ७ दिनको समय सकिएपछि रौतहट जिल्ला अदालतका न्यायाधीश चित्रबहादुर गुरुङको इजलासले थप ५ दिनको समय दिएको हो ।
    २०६४ सालको पहिलो संविधानसभा निर्वाचनताका आफ्नो घरमा बम बनाइरहेको बेला विष्फोट भएको र विष्फोटमा घाइते भएकाहरुलाई जिउँदै जलाएर मारेको आरोपमा आलमलाई प्रहरीले २६ असोजमा पक्राउ गरेको थियो ।
    पहिलोपटक जिल्ला अदालतमा उपस्थित गराइँदा उनले वकिलसँग सल्लाह गर्नुपर्छ भन्दै बयान दिन मानेका थिएनन् । दोस्रो पटक अस्वस्थ भएको भन्दै उनले बयान दिएका थिएनन् । आइतबार तेस्रो पटक उनलाई जिल्ला अदालत रौतहटमा उपस्थित गराइएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij