Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

नोबेल शान्ति पुरस्कार २०१९ इथोपियाका प्रधानमन्त्रीलाई दिने घोषणा


  • शनिबार, असोज २५ २०७६

  • नोबेल शान्ति पुरस्कार  २०१९  इथोपियाका प्रधानमन्त्रीलाई दिने घोषणा

    काठमाडौं । यस वर्षको नोबेल शान्ति पुरस्कार इथोपियाका प्रधानमन्त्री अबे अहमेद अलीलाई दिने घोषणा गरिएको छ । नर्वेजियन नोबेल कमिटीले यस वर्षको नोबेल शान्ति पुरस्कार प्रधानमन्त्री अलीलाई दिने घोषणा गरिएको हो ।

    अन्तर्राष्ट्रिय सहकार्य, शान्ति स्थापना र इरिट्रियासँगको २० वर्ष लामो सीमा विवाद समाधानमा महत्वपूर्ण भूमिका खेलेको भन्दै उनलाई यस वर्षको नोबेल शान्ति पुरस्कार दिने घोषणा गरिएको जनाइएको छ ।
    उनी सन् २०१८ अप्रिल २ मा प्रधानमन्त्रीमा निर्वाचित भएका थिए । उनी पूर्व सैनिक गुप्तचर अधिकारीसमेत थिए । अबे प्रधानमन्त्रीमा निर्वाचित भइसकेपछि आर्थिक, राजनीतिक पुर्नसंरचनामा महत्वपूर्ण भूमिका खेलका थिए ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij