Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

चिनियाँ राष्ट्रपति २५ असोजमा काठमाडौं आउने


  • बुधबार, असोज २२ २०७६

  • चिनियाँ राष्ट्रपति २५ असोजमा काठमाडौं आउने

    काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङ शनिबार नेपाल आउने भएका छन् । बुधबार नेपाल र चीन दुबै देशका परराष्ट्र मन्त्रालयले सीकाे नेपाल भ्रमणबारे जानकारी दिएका हुन् । राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा सी २५ काठमाडौं आइपुग्नेछन् र भोलिपल्ट फर्किनेछन् ।

    भ्रमणका क्रममा चिनियाँ राष्ट्रपतिले नेपाली समकक्षी भण्डारीसँग भेटवार्ता गर्नेछन् । प्रधानमन्त्री केपी शर्मा ओलीसँग चिनियाँ प्रतिनिधि मण्डलको दुई पक्षीय आधिकारिक भेट हुनेछ । सोही क्रममा महत्वपूर्ण सम्झौतामा हस्ताक्षर पनि हुने पनि जनाइएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij