Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

विप्लव समूहका मोरङ सेक्रेटरी पक्राउ


  • शुक्रबार, असोज १७ २०७६

  • विप्लव समूहका मोरङ सेक्रेटरी पक्राउ

    विराटनगर – नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका मोरङ सेक्रेटरी पक्राउ परेका छन् । विप्लव समूहका मोरङ सेक्रेटरी कुमार खतिवडा बिहीबार पक्राउ परेका हुन् ।

    जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक विश्व अधिकारीका अनुसार खतिवडालाई विष्फोटको घटनामा संलग्न भएको आरोपमा पक्राउ गरिएको हो । उनी माथि बेलबारीसहित विभिन्न स्थानमा बम विष्फोट गराएको आरोप छ ।

    विराटनगरबाट फर्कदै गरेको अवस्थामा बुढीगंगा गाउँपालिकास्थित टंकी चोकबाट पक्राउ गरिएको अधिकारीले जानकारी दिए ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij