Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

क्यानमा चतुरबहादुर चन्दको प्यानलनै विजयी


  • आइतबार, असोज १२ २०७६

  • क्यानमा चतुरबहादुर चन्दको प्यानलनै विजयी

    काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान) को अध्यक्षमा चतुरबहादुर चन्द निर्वाचित भएका छन्।
    क्यानको विशेष साधारणसभा अन्तर्गत शनिबार भएको निर्वाचनमा आफ्ना प्रतिद्वन्द्वी विनयराज पाण्डेलाई पराजित गर्दै उनी अध्यक्षमा चयन भएका हुन्।
    चन्दले ४४ मत ल्याएका छन् भने पाण्डेले १५ मत ल्याएका हुन्।

    उपाध्यक्षमा राजुबाबु श्रेष्ठ विजयी भएका छन्। श्रेष्ठले ४१ मत र उनका प्रतिस्पर्धी मिङ्मा डन्डु शेर्पाले १७ मत ल्याए छन्।
    त्यस्तै, सचिवमा विनोद मैनालीलाई पराजित गर्दै अशोकनाथ प्याकुरेल विजयी भएका छन्। प्याकुरेलले ४३ मत ल्याएका छन् भने मैनालीले १५ मत ल्याए।
    कोषाध्यक्षमा रोशनकुमार सिंहले ४५ मत ल्याएर विजयी भएका छन् भने उनका प्रतिद्वन्द्वी उपेन्द्र भट्टराईले १३ मत ल्याए।
    त्यस्तै, सदस्यमा प्रदेश १ मा कैलाश विष्ट र प्रदेश ३ मा अमितवीर पाण्डे विजयी भए।
    यसअघि प्रदेश २ बाट दाउद अन्सारी, प्रदेश ४ बाट ऋषिराम गौतम, प्रदेश ५ बाट प्रशान्त मल्ल, प्रदेश ६ बाट पदम खड्का र प्रदेश ७ बाट विक्रम विष्ट निर्विरोध चयन भएका थिए।
    यस्तै महिला सदस्यमा जयन्ती भट्ट पनि निर्विरोध भएकी थिइन्। उनी एक्ली महिला प्रतिनिधि भएकाले उम्मेवादरी दिए लगत्तै निर्विरोध भएकी हुन्। केन्द्रीय समितिमा एक जना महिला सदस्य अनिवार्य हुने प्रावधान छ।
    खुला सदस्यमा भने वीरेन्द्र बहादुर चन्द, दुर्गा पाठक करण क्षेत्री माधव कर्माचार्य र सञ्चय सिंह चयन भएका छन्।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij