Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

संविधानमा कमजोरी भए सच्याउन तयार छौंः सुवास नेम्वाङ


  • बिहिबार, असोज २ २०७६

  • संविधानमा कमजोरी भए सच्याउन तयार छौंः सुवास  नेम्वाङ

    काठमाडौं – सत्तारुढ दल नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले संविधानमा कमीकमजोरी भए सच्याउन तयार रहेको बताएका छन् ।
    बिहीबार प्रतिनिधिसभामा बोल्दै उपनेता नेम्वाङले संविधानसभाबाट बनेको संविधान ऐतिहासिक भएको भन्दै त्यसमा कमीकमजोरी भए सच्याउने बताएका हुन् ।
    त्यस्तै नेम्वाङले संविधान कार्यान्वयनका लागि थुप्रै काम भइसकेको पनि बताए “अलिकति पनि निराश हुनुपर्ने ठाउँ छैन । हामीले राम्रो काम गरेका छौं । ऐतिहासिक काम गरेका छौं,” उनले भने, “कहीँकतै कमीकमजोरी छन् भने सच्याएर अघि बढ्न हामी तयार छौं ।”
    सहमतिको आधारमा अघि बढ्नुको अर्को विकल्प नभएको पनि उनले बताएका छन् । अब परिवर्तनका लागि कसैले सशस्त्र आन्दोलन गर्न नपर्ने र संविधानमै टेकेर परिवर्तन गर्न सकिने नेम्वाङको भनाइ थियो ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij