Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

नेपोलीसँग लिभरपुल पराजित


  • बुधबार, असोज १ २०७६

  • नेपोलीसँग लिभरपुल पराजित

    एजेन्सी – च्याम्पियन्स लिगको साविक विजेता टोली लिभरपुल लिगको पहिलो खेलमा नै पराजित भएको छ । मंगलबार राति समुह ‘इ’ अन्तर्गत भएको खेलमा लिभरपुल नेपोलीसँग २–० गोल अन्तरले पराजित भएको हो । घरेलु मैदानमा भएको खेलमा इटालियन क्लब नेपोलीले खेलको ८२ औँ मिनेटमा ड्रिस मार्टिन्सले पेनाल्टी मार्फत गोल गर्दै घरेलु टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए ।

    त्यस्तै खेलको इन्जुरी समयमा फ्रेनान्डो लोरेन्टेले गोल गर्दै घरेलु टोलीलाई २–० को जित दिलाए । यो हारसँगै साविकको विजेता टोलीले च्याम्पियन्स लिगको नयाँ सिजन हारबाट सुरुवात गरेको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij