मोरङ– प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारले जनताका बलबाट स्थापित सङ्घीयतालाई संस्थागत गर्न राजनीतिक दलहरु एकजुट भएर लाग्नुपर्ने बताएका छन् ।
आज विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै उनले सङ्घीयता राजनीतिक दलहरुका कारण धरापमा पर्न नहुने कुरामा जोड दिए ।
उपसभापति गच्छदारले नेपाली काङ्ग्रेस पार्टीको दोस्रो चरणको जनजागरण अभियान पार्टीलाई सुदृढ र बलियो बनाउनका लागि भएको बताए ।
उनले सरकारप्रति जनताका अनादर वृद्धि हुन नदिन चनाखो हुनुपर्नेमा जोड दिँदै सरकार जनताका चाहनाअनुसार राज्य सञ्चालन गर्नुपर्ने सुझाव दिए । कोशीपीडितका समस्या विगतका सरकारले पनि गर्न नसकेका र अहिलेको सरकार दुईतिहाइ बहुमतको भएकाले पीडितको समस्यामा विशेष ध्यान दिनुपर्नेमा उनले जोड दिए ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
