चितवन – सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का पुष्पकमल दाहाल प्रचण्डले केही तत्वले जनतालाई भ्रम पार्न र विकासको विरोधमा लागि परेको बताएका छन् ।
भरतपुर महानगरपालिकामा आयोजित भरतपुर विमानस्थल विस्तार एवम् सुधारबारे छलफल कार्यक्रममा प्रचण्डले जनतामा बेचैनी सुरु हुँदा अराजकता र अन्यौलताले प्रश्रय पाउने बताए । ‘फेरी पनि अराजकता र अन्यौलता यो देशले थाम्न सक्दैन,’ उनले भने, ‘जनतालाई समाजवाद उन्मुख राज्यको प्रत्याभूति दिन सक्नुपर्छ, अब एक्सनमा जानुपर्छ ।’
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
