Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

चन्द समूहका नवलपरासी जिल्ला सदस्य कारागार चलान


  • मंगलबार, भाद्र १७ २०७६

  • चन्द समूहका नवलपरासी जिल्ला सदस्य कारागार चलान

    नवलपरासी - नेत्रविक्रम चन्द विप्लव समूहका नवलपरासी जिल्ला सदस्य तथा सुनवल नगरपालिका इन्चार्ज आत्मराम आचार्य कारागार चलान भएका छन् ।
    सङ्गठित मुद्दामा फरारसमेत रहेका आचार्यले जिल्ला अदालतले तोकेको धरौटी बुझाउन नसकेपछि आज कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए ।
    आचार्यलाई अस्थायी प्रहरी विट भूमहीको टोलीले शनिबार सुनवल–११ जर्गाहाबाट पक्राउ गरेको थियो । ‘आचार्य गत फागुन ३० गते चन्द समूहले आह्वान गरेको नेपाल बन्दको पूर्वसन्ध्यामा फागुन २९ गते राति नवलपरासीको सरावल गाउँपालिका–१ तुल्सिपुरस्थित पूर्वपश्चिम राजमार्गमा रोकिराखेको ट्रकमा आगो लगाइ सङ्गठित अपराध मुद्दामा फरार थिए’, प्रहरी नायब उपरीक्षक थापाले भने ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij