Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

काँग्रेसले सरकारका गलत कदमका विरुद्ध निर्णय गरेर नै आन्दोलनमा उत्रिन्छ – सभापति देउवा


  • बिहिबार, भाद्र १२ २०७६

  • काँग्रेसले  सरकारका गलत कदमका विरुद्ध निर्णय गरेर नै आन्दोलनमा  उत्रिन्छ – सभापति देउवा

    काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल कम्युनिस्ट पार्टी नेतृत्वको सरकारले देशलाई कम्युनिस्ट स्टेट बनाउने खतरा बढ्दै गएको बतएका छन् ।
    बुधबार ललितपुरमा आयोजित एक कार्यक्रममा सभापति देउवाले सरकार प्रजातन्त्रका सबै मुलभूत कुराहरु मास्दै गएकोले कम्युनिस्ट स्टेट बनाउन खोजेको बताए ।
    उनले भने, ‘सरकार प्रजातन्त्र विरोधी, मानवाधिकार विरोधि, प्रेस स्वतन्त्रता विरोधि काम गरिरहेको छ । अब सरकारविरुद्ध एकजुट आवश्यक देखिएको छ । सबैलाई एकजुट हुन मेरो आग्रह छ ।’
    उनले स्थायी प्रजातन्त्र, मानवअधिकार र प्रेस स्वतन्त्रताको रक्षाको लागि लड्ने दिन आएको भन्दै आन्दोलनमा आउन सबैलाई आग्रह गरे ।
    सभापति देउवाले सरकारका गलत कदमका विरुद्ध काँग्रेसले निर्णय गरेर नै आन्दोलनमा उत्रिँने पनि बताए ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij