Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

कम्युनिष्टहरुले भनेजस्तो हाम्रो समाजवाद हुँदैन : बाबुराम भट्टराई


  • आइतबार, भाद्र १ २०७६

  • कम्युनिष्टहरुले भनेजस्तो हाम्रो समाजवाद हुँदैन : बाबुराम भट्टराई

    गोरखा – समाजवादी पार्टी नेपालका राष्ट्रिय परिषद् अध्यक्ष एंव पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले आफ्नो पार्टीले देखेको समाजबाद कम्युनिष्टहरुले भने जस्तो नहुने बताएका छन् ।
    नयाँ शक्ति पार्टी नेपाल र संघीय समाजबादी फोरम नेपाल बिचको शनिबार यहाँ आयोजित जिल्ला एकता घोषणा सभामा उनले भने ‘हाम्रो समाजबाद पुँजीबादको टिको मात्र लगाउने खालको प्रजातान्त्रिक समाजबाद पनि होइन, कम्युनिष्टहरुले भनेको जस्तो साम्यबादको खुड्किलो जस्तो समाजबाद पनि होइन ।’
    अध्यक्ष डा. भट्टराईले समाजबादी पार्टीले ल्याउने समाजबाद सर्वहारा बर्गको अधिनायकत्वको हुने खालको समाजबाद नभई फरक पहिचान हुने बताए ।
    उनले बिचारलाई कार्यान्वयन गर्ने आधार संधीयता हो भन्दै यसले मात्र सवै बर्ग, क्षेत्र, लिङग् तथा उत्पीडित समुदायको पहिचान दिलाउने बताए । उनले फरक पहिचान र चिन्तन सहितको समाजबाद निर्माणको बाटोमा पार्टी अघि बढेको उल्लेख गर्दै व्यक्तिगत पहिचान तथा सामुहिकता सहितको समाजबाद नै पार्टीको लक्ष्य रहेको उल्लेख गरे ।
    उत्पादनमा बृद्धि भएमात्र सबै जनताको आर्थिक परिवर्तन हुनसक्ने भन्दै जो छ त्यहि मात्र बाँडीचुडी खाने हो भने कहिल्यै आर्थिक सम्बृद्धि हुन नसक्ने उनको भनाई छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij