Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

अस्ट्रेलिया भ्रमणम एक हुल सांसद


  • आइतबार, भाद्र १ २०७६

  • अस्ट्रेलिया भ्रमणम एक हुल सांसद

    नेकपाका तिन सांसदहरु एलपी साँंवा लिम्बु, नर बहादुर धामी, शुरेस राई तथा राजपाको राज्य सभासद प्रमोद शाह यतिखेर निजी भ्रमणमा अस्ट्रेलियामा रहेका छन । उनिहरुको भ्रमणको उद्देस्य र कार्यक्रमबारे उनिहरुनै स्पष्ट देखिएका छैनन। तर जे होस जसका निम्तामा आउन उनिहरुले बिदेशको उन्नती र प्रगती जान्ने बुझने मौका भने पाएका छन । यो भ्रमणको सकरात्मक पाटो हो ।
    सीड्नीमा बिभिन्न संघ संस्थाहरुको कार्यक्रममा सहभागि भएका हाम्रा सांसदहरुको भ्रमणका बिषयमा भने सकरात्मक देखिएको छ । नेकपाका सांसद एलपी सावाँंले यहाको उन्नती,प्रगतीमा रमाएका आम नेपालीले अब देशको प्रगतीमा हात बढाउनुपर्ने बेला आएको बताए । साँंवाले देशमा थुप्रै परिवर्तन भएपनि मुलुक अझै पुरानै ढर्रावाट उन्मुक्ती हुन नसकेको टिपर्णी गरे ।
    यस्तै अर्का सांसद नर बहादुर धामीले देश परिवर्तनको संघारमा रहेको र बिकास निमार्णको गतीमा अगाडि बढेको कथा सुनाए । उनले बिकास निमार्ण एकै दिनमा सम्भव नभएकाले यसका लागि केहि समय लाग्ने सुनाए ।
    अर्का सांसद सुरेस राइले अस्ट्रेलियाजस्तो समृद्ध मुलुकको प्रगती र उन्नतीको आधारहरु हेर्न र यहा रहेका नेपाली बिध्यार्थी र शिक्षाको अवस्थामा आफुहरुले जानकारी लिन चाहेको बताए ।
    चार सदस्यीय संसदिय टोलीको भ्रमणको उद्देस्य र आगमनका बारेमा भने स्पष्ट देखिएन । एक सांसदले भने भिक्टोरियाका महाबाणिज्यदुतको निम्तामा घुम्न आएको बताए । तर त्यही रहेका अर्का एक सांसदले भने शिक्षा र बिध्यार्थीको बिषयमा यसो बुझन आएको बताउदै शैक्षिक एजेन्टहरुतर्फ इंकित गरे । कार्यक्रममा अल्फाबेटाका प्रतिनिधी समेत देखिनु र अहिले मुलुकमा अस्ट्रेलियाको डिप्लोमा कोर्सका बारेमा बहस भैरहेको अवस्थामा यो भ्रमणमा केहि गन्ध भने देखिएको छ । बिनाआधिकारीक निम्ता र कार्यक्रम एक हुल सांसद दश दिने अस्ट्रेलिया भ्रमणमा रहनुको पछाडी भने केहि रहस्य लुकेको हुनुपर्दछ । शैक्षिक माफीयाको बढ्दो चलखेल भैरहँंदा अचानक शिक्षा समितीमा रहेको सांसद लगायत अस्ट्रेलियाको निजी भ्रमणमा रहनु रहस्यमय देखिन्छ । यसै गरी बिराटनगर महानगरपालीका युवा मेयर भिम पराजुलीपनि एनआरएनको अतिथी बनेर अस्ट्रेलीयामा रहेका छन भने राष्ट्रबैंकका डेपुटी गर्भनर चिन्तामणि सिवाकोटी क्यानबेरामा आयोजना हुने कार्यक्रमका लागि सिड्नी आइपुगेका छन ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij