काठमाडौं – एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेट प्रतियोगिता माघ तेस्रो साताबाट सुरू हुने भएको छ।
आयोजक इपीएलले प्रेस विज्ञप्तीमार्फत यो वर्ष एभरेष्ट प्रिमियर लिग माघ १५ गतेबाट सुरु हुने जानकारी दिएको हो ।
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले मान्यता दिएको लिगमा ६ वटा टोलीहरुले सहभागिता जनाउने गरेका छन् ।
मंसिरमा सुचारु हुने लिग वर्षा र बिहान हुने खेलका कारण सारिएको आयोजक इपीएलका एमडी अमिर अख्तरले बताए ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
